अजय देवगन ‘अरों मे कहाँ दम था’ सुपर फ्लप

सहयात्रा टिभी

मुम्बई । साउन २७, बलिउड अभिनेता अजय देवगनले आफ्नो चलचित्र ‘अरों मे कहाँ दम था’ ब्यबसायिक रुपमा असफल भएको स्विकारेका छन् । यो साता निरन्तर मनसुनका कारण भारतमा धेरै शहरमा भएको वर्षाले चलचित्रको व्यापारमा धेरै प्रभाव परेको यी कलाकारले बताएका छन् । गणतन्त्र दिवसको अबसर पारेर उनको चलचित्र गत शुक्रबार रिलिज भएको थियो ।

यो चलचित्रमा अजय देवगनसँग अभिनेत्री तब्बु जोडी बनेकी थिईन् । चलचित्रको मुख्य भूमिकामा तब्बुलाई यो चलचित्रमा पनि दर्शकले साथ दिएनन् । यी दुबैको यो चलचित्र सुपर फ्लप भएको छ । चलचित्र ‘अरों मे कहाँ दम था’को पहिलो दिन शुक्रबार १ करोड ८५ लाख करोड ब्यापार भएको थियो । चलचित्रले पहिलो दिन ६ करोड भन्दा बढीको कलेक्सन गर्ने आशा अजयको थियो । तर व्यापार न्युन भयो । तथापि दोश्रो दिन २ करोड १५ लाख र तेश्रो दिन २ करोड ७५ लाख कमाएको यो चलचित्रको चौथो दिनबाट व्यापार झरेको हो । यसरी यो चलचित्रले पहिलो साता जम्मा ८ करोड मात्र व्यापार ग¥यो । यसरी अजयको यो चलचित्र पूर्ण असफल भएको छ ।

यो चलिचत्रसँगै हलिउडको चलचित्र ‘डेडपुल एन्ड ओल्भराईन’ पनि भारतमा रिलिज भएको थियो । यो चलचित्र निकै राम्रो चलेको छ । यसरी हलिउडको यो चलचित्रले भारतमा एक सातमा १०७ करोडको व्यापार गरेको छ । यो चलचित्रले सँगै रिलिज भएको अजय देवगनको चलचित्र ‘अरों मे कहाँ दम था’ र अभिनेत्री जान्हवी कपूरको चलचित्र ‘उलाझ’ पनि रिलिज भएको थियो । जान्हवीको यो चलचित्रले पहिलो सातामा ८ करोड ५० लाख व्यापार गरेको छ । यो चलचित्र पनि व्यबसायिक रुपमा असफल भएको छ । यसरी बलिउडमा गएको साता रिलिज भएको दुबै हिन्दी चलचित्र असफल भएका छन् ।

प्रकाशित : 11 August, 2024

प्रतिक्रिया दिनुहोस्