सुनको मूल्य आइतबार ७ सयले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २७, नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । यो दिन तोलामा ७ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार १ सय रुपैयाँमा कायम थियो । यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७ सय २० रुपैयाँमा कायम भएको छ ।

 

प्रकाशित : 11 August, 2024

प्रतिक्रिया दिनुहोस्