कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीपूर्ण

सहयात्रा टिभी

मोरङ । साउन ३१, कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेंगु सङ्क्रमित भएका छन् । डेंगुबाट एकजनाको मृत्यु समेत भएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले बुधबार साँझ मोरङका स्थानीय तहका प्रमुख–उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा गरेको डेंगु नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएका हुन् ।

धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् । मोरङको लेटाङ नगरपालिकामा सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताए ।

प्रकाशित : 15 August, 2024

प्रतिक्रिया दिनुहोस्