सेवा लम्साल बेल्जियमको राजदूत सिफारिस, अमृत राई परराष्ट्र सचिव बन्ने

सहयात्रा टिभी

काठमाडौं । साउन ३२, परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूतमा सिफारिस गरेको हो । यसअघि बेल्जियम खाली राखेर अरु देशमा राजदूत सिफारिस गरिएको थियो ।

संसदीय सुनुवाइपछि उनी राजदूत नियुक्त हुनेछिन् । त्यसपछि परराष्ट्र सचिवको जिम्मेवारीमा अमृत राई बढुवा हुनेछन् । राई अहिले प्रवक्ता छन् । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् । उमेर हदका कारण उनी आगामी मंसिरमा अवकाश हुँदै थिइन् । त्यसअघि नै उनलाई राजदूत बनाएर पठाएको हो ।

प्रकाशित : 16 August, 2024

प्रतिक्रिया दिनुहोस्