यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको मूल्य [सूचीसहित]
सहयात्रा टिभी
काठमाडौं । भदौ २, फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज पनि गोलभेँडा, काउली, बन्दा, च्याउ, प्याज, ब्रोकाउलीसहितका तरकारीको मूल्य महँगो छ। मुला, भन्टा, घिरौँला, भिन्डीसहितका तरकारी भने केही सस्तो छ। कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सेतो मुला छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ। मूला २२ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य ९७६ रुपैयाँ छ।
कालीमाटीमा आज ठूलो गोलभेँडा ८५, सानो गोलभेँडा ४५, सुकेको प्याज ९२, गाँजर १०८, बन्दा ६५, स्थानीय काउली ११०, भन्टा ५५, बोडी ८५, करेला ३५, परबल ९५, घिरौँला ३५, भिन्डी ४५, कन्य च्याउ १६५, डल्ले च्याउ ३९०, कुरिलो ४५० रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।
हेर्नुहोस् आजको लागि सबै तरकारी र फलफूलको मूल्यसूची