ललितपुरको बंगलामुखी नजिकै आगलागी

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३, ललितपुरको बंगलामुखी मन्दिर नजिकै सोमबार बिहान आगलागी भएको छ । ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास भएर आगलागी भएको हाछेथुको भनाई छ । उनका अनुसार महानगरको तीनवटा दमकल र एउटा ट्याङ्कर आगलागी नियन्त्रणका लागि खटिएको थियो । साथै ३० जना नगर प्रहरी पनि घटनास्थलमा रहेका छन् । अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएकोमा दुई तलाकाे आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको र माथिल्लो एक तलाको आगो पनि नियन्त्रणमा आउने क्रममा रहेको हाछेथुले रातोपाटीलाई बताए ।

प्रकाशित : 19 August, 2024

प्रतिक्रिया दिनुहोस्