केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवा, प्रचण्ड र माधव नेपाल आज एउटै मञ्चमा देखिँदै

सहयात्रा टिभी

काठमाडौं । भदौ ४, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज एउटै मञ्चमा देखिँदैछन् ।

नेपाली कांग्रेसका पूर्वनेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसको कार्यक्रममा स्कुल अफ डेमोक्रसीले एउटै मञ्चमा ल्याउन लागेको हो ।

कार्यक्रम आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुँदै छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा कांग्रेस सभापति शेर बहादुर देउवा सहभागी हुने छन् ।

विशिष्ट अतिथिको रुपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र लोसपाका सभापति महन्थ ठाकुरलाई बोलाइएको छ ।

देउवा, प्रचण्ड र माधव नेपाल एउटै सार्वजनिक मञ्चमा लामो समयदेखि देखिएका छैनन् । उनीहरु स्थानीय तह निर्वाचनको बेलामा चितवनमा एउटै मञ्चमा सहभागी थिए ।

प्रकाशित : 20 August, 2024

प्रतिक्रिया दिनुहोस्