योगी पाइलट बाबाको अन्त्येष्टि बुधबार हरिद्वारमा हुने

सहयात्रा टिभी

काठमाडौं । भदौ ४, योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिँउसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिए ।

डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए ।

पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा. मिश्रले जानकारी दिए ।

 

 

प्रकाशित : 20 August, 2024

प्रतिक्रिया दिनुहोस्