सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेछ कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । भदौ ५, नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको हो ।

मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।मङ्गलवार तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 21 August, 2024

प्रतिक्रिया दिनुहोस्