केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आरजु राणालाई भारतले दिएको महत्वले एमाले बिच्कियो : प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । भदौ ५, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको बताएका छन् ।

बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो । यसले एमाले बिच्चिएको छ ।’

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा छिन् । सोमबार नयाँदिल्ली पुगेकी परराष्ट्रमन्त्री देउवाले मंगलबार भारतीय प्रधानमत्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् ।

 

 

प्रकाशित : 21 August, 2024

प्रतिक्रिया दिनुहोस्