प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

सहयात्रा टिभी

काठमाडौं । भदौ ६, नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 22 August, 2024

प्रतिक्रिया दिनुहोस्