आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ ७, पोखरादेखि काठमाडौंका लागि छुटेको भारतीय बस ४० जना यात्रु सहित तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा खसेको छ ।

पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।

 

 

 

प्रकाशित : 23 August, 2024

प्रतिक्रिया दिनुहोस्