कोशीका मुख्यमन्त्री कार्कीले मन्त्रालय संख्या थप नगर्ने अडान

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या थप नगर्ने बताएका छन् ।

काठमाडौंबाट फर्किँदा आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कार्कीले मन्त्रालय संख्या ९ बाट नबढाउने बताएका हुन् ।

एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति भएको दुबै दलका नेताहरुले बताएका छन् ।

तर कांग्रेसले आन्तरिक भागबण्डा मिलाउन मन्त्रालय बढाउन मुख्यमन्त्रीलाई आग्रह गरेको छ । सोही कारण १२ साउनमा सरकारमा जाने निर्णय गरेको कांग्रेसले अझै मन्त्रीको नाम पठाएको छैन ।

काठमाडौंमा कांग्रेस र एमालेका शीर्ष नेता भेटेर आएका मुख्यमन्त्री कार्कीले मन्त्रालय नथप्ने सहमति भएको बताएका हुन् ।

प्रकाशित : 25 August, 2024

प्रतिक्रिया दिनुहोस्