ओमानका विदेशमन्त्री अल बुसैदी दुई दिने भ्रमणमा नेपाल आउने

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी भोलि नेपाल आउने भएका छन् ।

विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ । उनी पर्सि ओमान फर्किनेछन् ।

 

 

प्रकाशित : 25 August, 2024

प्रतिक्रिया दिनुहोस्