कति छ आज तरकारीको मूल्य?
सहयात्रा टिभी
काठमाडौँ । भदौ १०, कालिमाटी फलफूल तथा तरकारी बजारमा लोकलभन्दा भारतीय गोलभेंडा महँगो भएको छ ।
आज लोकल गोलभेंडा प्रतिकिलो २८ रुपियाँ हुँदा भारतीय गोलभेंडा भने १०२ रुपैयाँ तोकिएको छ। यो किलोमा ७४ रुपैयाँको फरक हो । त्यसैरी कन्य च्याउको तुलनामा डल्ले च्याउ पनि किलोमै १६० रुपियाँ महँगो छ । सोमबार कन्य च्याउ १६४ रुपियाँमा किनबेच भइरहँदा डल्ले च्याउ भने ३२४ रुपियाँ पुगेको छ ।
यसदिन सुकेको प्याज ११८, गाजर ८५, बन्दा ६६, काउली ९६, मकैबोडी ७६, घिउसिमी १७०, भटमासकोसा १२३, लौका ४५, पाकेको फर्सी ५४, पिँडालु ७६, रायो साग ९६, ब्रोकाउली १९३, कुरिलो ३२५ र न्युरो प्रतिकिलो ८६ रुपियाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।