थारु समुदायका महिलाहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाउँदै

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका महिलाहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाउँदै छन्।

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बान्क्वेटमा विशेष कार्यक्रमको आयोजना गरेर थारु समुदायका महिलाहरुले अष्टिम्की पर्व आयोजना गरिएको अष्टिम्की मूल आयोजक समितिका सल्लाहकार शिवशक्ति थारूले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नेछन् । दुई दिनसम्म मनाइने यो पर्वमा महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिपूर्वक पूजाआजा गर्छन् ।

अष्टिम्की पर्वमा विवाहिता महिलाहरू आफ्नो श्रीमान‌को दीर्घायूको कामना गर्दछन् भने अविवाहित युवतीहरूले राम्रो बर पाउनका लागि निराहार व्रत बस्‍ने गरेको उनको भनाइ छ ।

अष्टिम्की पर्वमा व्रत बसेमा मनोकामना पूरा हुने र सुख, शान्ति, समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको बताउदै अगुवा चौधरीले भोलिपल्ट विवाहित छोरीचेलीलाई ‘अग्रसान’ उपहार दिने चलन रहेको बताए ।

 

प्रकाशित : 26 August, 2024

प्रतिक्रिया दिनुहोस्