केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्म ‘तेल भिसा’को पहिलो गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैं’ सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पहिलो गीत सार्वजनिक गरिएको हो ।

कल्याण सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । फिल्मका प्रमुख कलाकार विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती गीतमा फिचर्ड छन् ।अभिनेता कार्कीकी दिवंगत आमाप्रति यो गीत समर्पित गरिएको छ । उनकी आमा सरस्वतीको शुक्रबार निधन भएको थियो । आमाको निधनपछि विपिन अहिले क्रियाकर्ममा बसिरहेका छन् ।

‘तेल भिसा’को कुरा गर्दा, यो फिल्ममा विपिन दोहोरो भूमिकामा छन् । जवान र वृद्ध गरि दुई भिन्न चरित्रमा दर्शकले उनलाई हेर्न पाउनेछन् । यो फिल्मबाट निर्देशक घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका फिल्मको निर्माण तथा निर्देशन गरेका थिए । मंसिर ७ गतेबाट ‘तेल भिसा’ नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको नृत्य, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन छ ।

 

प्रकाशित : 27 August, 2024

प्रतिक्रिया दिनुहोस्