मंगलबार पनि नेप्से भारी अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, मंगलबार पनि नेप्से भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार परिसूचक नेप्से १११.९६ अंकले घटेर २७८२ अंकमा कायम भएको छ ।

यस दिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको हो । अघिल्लो दिन १९ अर्ब ७४ करोडको कारोबार भएको थियो ।

कारोबार सुरु हुँदा केही सेकेण्ड बजार हरियो देखिए पनि दिनभर बजारमा बिक्रीकर्ता आत्तिए । जसले गर्दा खरिदकर्ताले चाहेकै मूल्यमा उनीहरूले बिक्री गर्दै गए ।

२० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटे ।

 

प्रकाशित : 27 August, 2024

प्रतिक्रिया दिनुहोस्