साफ यू-२० च्याम्पियनसिप फाइनलमा नेपाल र बंगलादेश भिड्दै

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

दुवैले पेनाल्टीसुटआउटमा खेल जितेका थिए । फाइनलअघि मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र बंगलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार भएको बताएका छन् ।

नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाईनल पुगेका दुवै टिम राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘फाइनलका लागि हामी तयार छौं । बंगलादेश पनि राम्रो हो ।

बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाईनलसम्म यात्रामा धेरै उताचढाव भएको भन्दै फाइनलका लागि तयार रहेको बताए ।

नेपाल र बंगलादेश साफ यू२०र१९र१८ च्याम्पियनसिपमा फाइनलमा प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । नेपालले सुरुवाती दुई संस्करणको उपाधि जितेको थियो ।

 

 

प्रकाशित : 27 August, 2024

प्रतिक्रिया दिनुहोस्