केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा

सहयात्रा टिभी

काठमाडौं । भदौ १२, विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई नेपालको पहिलो स्वस्थ शहर घोषणा गरेको छ ।

सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ शहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ ।

सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ शहर र एसियाको दोस्रो स्वस्थ शहर भएको घोषणा गरेका हुन् । गुडद्वारा घोषणासँगै धुलिखेललाई नेपालको पहिलो स्वस्थ शहर भएकामा पाँच हजार डलर पुरस्कार घोषणा भएको थियो ।

एसियामा पहिलो स्वस्थ शहर भारतको पुणे नगर बन्दा र ६५ दशमलव ४८ अङ्क प्राप्त गरी धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको हो ।

एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको तथा पाँच हजार डलर पुरस्कार प्राप्त भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए ।

पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य शहर’ अभियानमै छ । धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्य क्षेत्रमा फड्को मारेको हो ।

नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसङ्घमा पेश गरेको थियो । त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको थियो ।

नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छभने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्याउने कामसमेत सकेको जनाएको छ ।

 

प्रकाशित : 28 August, 2024

प्रतिक्रिया दिनुहोस्