रेडपाण्डा संरक्षण गर्न अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने
सहयात्रा टिभी
काठमाडौं । भदौ १२, रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।
हिमाली संरक्षण मञ्चको संयोजनमा आउँदो असोज ५ गते रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दुरी पूरा गर्नुपर्ने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो ।
म्याराथनको मार्ग रेडपाण्डाको मुख्य बासस्थान पाथीभरा क्षेत्रमा तय गरिएको छ । फुङ्लिङ बजारबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा पूजाधामसम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुन : फुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर ४८ किमीको दुरी पूरा हुनेछ ।
कार्यक्रमले ताप्लेजुङलाई पर्यटकीय र जैविक विविधतामा समेत टेवा पुर्याउने अपेक्षा गरिएको संयोजक राईले बताउनुभयो ।