तीव्र उतारचढावबीच अन्ततः सामान्य अंकमा पुग्यो नेप्से
सहयात्रा टिभी
काठमाडौं । भदौ १२, बुधबार सेयर बजार तीव्र उतारचढावबीच अन्ततः सामान्य अंक बढेको छ ।
कारोबार सुरु भएपछि सवा १२ बजे बजार बढेर २८६० अंकसम्म पुगे पनि त्यो वृद्धिमा टिक्न सकेन ।
अन्ततः बजार २७८६ अंकमा बन्द भयो । जुन अघिल्लो दिनको तुलनामा ३.८ अंक बढेको हो । दिउँसो २: ०४ बजे बजार २७६२ अंकसम्म झरेको थियो ।
बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ । अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चियो ।
९८ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ भने ४ को स्थिर रह्यो । यस दिन लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त तथा माइखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
पिपुल्स हाइड्रोपावरको ९, थ्रीस्टार हाइड्रोपावरको ७.७, एचआईडीसीएलको ५.६ प्रतिशत मूल्य बढ्यो ।