एमालेको सचिवालय बैठक बस्दै
            सहयात्रा टिभी
		काठमाडौं । भदौ १३, नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।


