केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै

सहयात्रा टिभी

एजेन्सि । भदौ १३, आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै । हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वमा आणविक हातहतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले विभिन्न सम्मेलन, प्रतियोगिता र प्रदर्शनीहरूको आयोजना गरेर मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघको ६४औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

विश्वमा पहिलो पटक सन् १९४५ को जुलाई १६ मा आणविक परीक्षण भएको इतिहास छ । त्यसपछि अमेरिकाले जापानको हिरोसिमा ६ अगस्त १९४५ को दिन संसारको पहिलो परमाणु बम प्रहार गरेको थियो। जसका कारण ३ लाख ५० हजार जनसङ्ख्या रहेको हिरोसिमामा एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । त्यसको तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा बम खसालिएको थियो । त्यसयता अहिलेसम्म विश्वभर २ हजार भन्दा बढी आणविक परीक्षण भइसकेको राष्ट्रसंघले जनाएको छ । विश्वको कूल आणविक हतियारको ९० प्रतिशत अमेरिका र रुससँग रहेको आँकलन छ ।

 

प्रकाशित : 29 August, 2024

प्रतिक्रिया दिनुहोस्