काठमाडौं नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि

सहयात्रा टिभी

काठमाडौं । भदौ १३, काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ ।

उनीहरुलाई आज वरिष्ठ प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीयस्तरीय निर्णयबाट नगर प्रहरी नायब निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायब निरीक्षकमा तह वृद्धि गरिएको महानगरले जनाएको छ ।

तह वृद्धि गरिएका प्रहरीहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिएका थिए ।

 

प्रकाशित : 29 August, 2024

प्रतिक्रिया दिनुहोस्