नेपाली पारा तेक्वान्दो खेलाडी महताले जापानीसँग प्रतिस्पर्धा गर्दै

सहयात्रा टिभी

काठमाडौं । भदौ १३, पेरिस पारा ओलम्पिक २०२४ मा बिहीबार नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् ।

भरतले पारा तेक्वान्दो के/४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजीमुनिको प्रिक्वार्टरफाइनलमा जापानी खेलाडी मित्सुया तानाकासँग खेल्नेछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे ग्राण्ड पलाइसमा सुरु हुनेछ । यस खेलको विजेताले क्वार्टरफाइनलमा अजरबैजानका सबिर जेनालोभस प्रतिस्पर्धा गर्नेछ ।

भरत वाइल्ड कार्डमार्फत पहिलो पटक पारा ओलम्पिकमा छनोट भएका हुन् । पेरिस पारा ओलम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन् । जसमा पारा तेक्वान्दोबाट भरतसहित पलेशा गोवर्द्धन र पारा पौडीमा भीमबहादुर कुमाल छन् ।

यस खेलको विजेताले क्वार्टरफाइनलमा ब्राजिलकी मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्नेछ । फर्नान्डेज बाई पाउँदै क्वार्टरफाइनल पुगेकी हुन् ।

 

प्रकाशित : 29 August, 2024

प्रतिक्रिया दिनुहोस्