कोशी प्रदेश सभाको बैठक बस्दै

सहयात्रा टिभी

विराटनगर । भदौ १४, कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।

प्रकाशित : 30 August, 2024

प्रतिक्रिया दिनुहोस्