पारा ओलम्पिक पुगेकी पलेशाबाट नेपाललाई पदकको आशा

काठमाडौं । भदौ १४, यस पटक पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक पुगेकाले उनीबाट नेपालले पदकको आश गरेको छ ।
नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारा ओलम्पिकमा आफ्नो पहिलो खेल आज खेल्दैछनि ।
के–४४ क्याटगोरी अन्तरग्त महिला ५७ केजी मुनि पलेशाले पहिलो चरणमा भेनेन्जुएलाकी भलेरिया मोराल्स विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । पेरिसस्थित ग्रान्ड पेलेसमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।
यस खेलको विजताले क्वाटरफाइनलमा ब्राजिलियन मायारा सिल्भाना फर्नान्डेजसँग खेल्नेछ । फर्नान्डेज बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेकी हुन् ।
पारा तेक्वान्दोकै अर्का खेलाती भरत सिंह महता भने के–४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजी मुनि पहिलो खेलमै बिहीबार जापानका मित्सुया तानाकासँग पराजित भए । उनी वाइल्ड कार्ड मार्फत पहिलो पटक ओलम्पिक खेलेका हुन् ।