ललितपुरबाट लागुऔषधसहित २ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । भदौ १५, ललितपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् । प्रहरीले मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङलाई ललितपुर महानगरपालिका-२५ नख्खुबाट पक्राउ गरेको हो ।

भैसेपाटिबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल ६६ प्रयोग भएका तथा नभएका सिरिन्जहरू बरामद गरेको छ । उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु प्रयोगकर्ताका साथै बिक्रेतासमेत रहेको प्रहरीको दाबी छ ।

 

प्रकाशित : 31 August, 2024

प्रतिक्रिया दिनुहोस्