केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गण्डकी सरकारका मन्त्री दीपक मनाङेले राजीनामा दिए

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, गण्डकी सरकारका मन्त्री दीपक मनाङेले राजीनामा दिएका छन् । सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका हुन् ।

मनाङेको राजीनामा पत्र लिएर मुख्यमन्त्री कार्यालयमा पुगेका अधिकारीले अपरान्ह ५ बजेपछि मुख्यमन्त्री पाण्डेलाई राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री पाण्डेले सोमबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । आफ्नो मन्त्रालय फेरिएपछि असन्तुष्ट मनाङेले राजीनामा दिएका हुन् ।

 

 

प्रकाशित : 2 September, 2024

प्रतिक्रिया दिनुहोस्