प्री ओपन सेसनमा नेप्से परिसूचक ११ अंकले बढ्यो
सहयात्रा टिभी
काठमाडौं । भदौ १८, प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.१६ अंकले बढेर २८३४.४२ विन्दुमा पुगेको हो।
यो सेसनमा ८० वटा स्क्रिप्सको २६ हजार २१८ कित्ता सेयर १ करोड ८६ लाख ८ हजार ८९१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका ५९ स्टक्सको मूल्य बढ्दा १३ वटाको घट्यो भने बाँकी पाँचवटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।