पोलिटब्यूरो बैठकमा सबैलाई आफ्नो कुरा राख्न ३ मिनेटको समय

सहयात्रा टिभी

काठमाडौं । भदौ १८, नेकपा एमालेको पोलिटब्यूरो बैठकमा सबै नेतालाई आफ्नो कुरा राख्न ३ मिनेटको समय दिइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सम्बोधन र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि सबै पोलिटब्यूरो सदस्यलाई समय दिइएको हो ।

पोलिटब्यूरोका सबै नेताले आफ्नो कुरा राखेपछि महासचिव पोखरेलले कार्य योजनामाथि जवाफ दिनेछन् । यसपछि अध्यक्ष ओलीले सम्बोधन गरेर पोलिटब्यूरो बैठक सक्ने योजना छ ।

प्रदेश अध्यक्षहरुलाई पदेन पोलिटब्यूरोको हैसियतबाट केन्द्रीय समितिको पदेन बनाइएपछि अब एमालेको पोलिटब्यूरोमा ९१ जना छन् । त्यसमध्ये १८ जना पदाधिकारी र २२ जना स्थायी समिति सदस्य छन् ।

 

प्रकाशित : 3 September, 2024

प्रतिक्रिया दिनुहोस्