केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल चिनाउँदै पोखरा घुमघाममा बलिउड अभिनेता आशिष विद्यार्थी

सहयात्रा टिभी

काठमाडौं । भदौ २०, चर्चित बलिउड अभिनेता आशिष विद्यार्थी यतिबेला नेपाल घुमफिरमा व्यस्त छन् । भ्लगरका रूपमा आएका उनी अहिले पोखराका विभिन्न पर्यटकीय स्थलहरू घुमिरहेका छन् ।

आफ्नो युट्युब च्यानल आशिष विद्यार्थी एक्टर भ्लग्समा उनले विभिन्न क्याफेहरूमा गएर रमाइलो गरेको, फेवाताल र लेकसाइडका रिसोर्टहरूमा खानाको आनन्द लिएको, साराङकोटबाट अन्नपूर्ण हिमश्रृंखलाको दृश्य अवलोकन गरेको तथा स्थानीयहरूसँग संवाद गरिरहेको देख्न सकिन्छ ।

केही साथीहरूसहित भ्रमणमा रहेका उनले पोखराको सुन्दरता आफूलाई अत्यन्त मन परेको बताएका छन् । युट्युबमा उनले राखेका भिडिओले भारतीय पर्यटकहरूलाई नेपाल आउन प्रेरित गर्ने विश्वास लिइएको छ ।

खलपात्र र चरित्रप्रधान भूमिकामा बढी देखिने उनले हिन्दी, तेलुगु, तामिल, बंगाली, मलयालम, अंग्रेजी लगायत गरी २०० बढी चलचित्रहरूमा अभिनय गरेका छन् ।

प्रकाशित : 5 September, 2024

प्रतिक्रिया दिनुहोस्