केपी ओली प्रचण्ड माधव नेपाल एमाले


 डा गोविन्द केसीद्धारा फेरि अनसन बस्ने चेतावनी

सहयात्रा टिभी

काठमाडौं । भदौ २० , विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डअनुसार नभए फेरि अनसन बस्ने डा गोविन्द केसीले चेतावनी दिएका छन् ।

केसीले आज एक प्रेस विज्ञप्ति जारी गरी प्रस्तावित उच्च शिक्षा ऐन पारित नहुँदासम्म मापदण्ड अनुरुप गर्नुपर्ने सम्झौता अक्षरशस् पालना हुनुपर्ने माग गरेका हुन् ।

डा केसीले गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरून्त सञ्चालनमा ल्याउने, मधेस, गण्डकी प्रदेश तथा इलाम, उदयपुर र डडेलधुरामा तुरुन्त सरकारी मेडिकल कलेज तथा प्रतिष्ठान निर्माण सुरु गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै विश्वविद्यालय तथा प्रतिष्ठानमा योग्यताको आधारमा पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी र एकीकृत स्वास्थ विज्ञान प्रतिष्ठान ऐन लागु गर्न विगतमा भएका सम्झौताहरु कार्यान्यवन गर्न मार गरेका छन् ।

बी एन्ड सी अस्पताललाई मेडिकल कलेजको रुपमा सम्बन्धन दिनका लागि गरिएका निर्णय पुनरावलोकन गर्न माग गर्दै उनीसहित २ भदौमा सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका थिए । तर अदालतले उनलाई निवेदकको रुपमा अस्वीकार गरेको पनि उल्लेख गरेका छन् ।

अदालतको आदेशमा पनि चिकित्सा क्षेत्र सुशासन अभियानको अभियानकर्ताको रुपमा पहिचान गरे पनि निवेदकको रूपमा नस्वीकारेको बताएका छन् ।

 

प्रकाशित : 5 September, 2024

प्रतिक्रिया दिनुहोस्