केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको अमेरिकाद्धारा आरोप

सहयात्रा टिभी

काठमाडौं । भदौ २० , अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लगाउँदै रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको हो । रुस समर्थक सञ्चारमाध्यमका कारण अमेरिकाका संस्थाहरूप्रति नागरिकको विश्वासमा आँच पुर्‍याउने प्रयास भइरहेको अमेरिकाले दाबी गरेको बीबीसीले जनाएको छ ।

रुसी टेलिभिजन आरटीले भने चुनाव हस्तक्षेपमा आफ्नो संलग्नताको आरोप अस्वीकार गरेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसको परियोजना युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनलाई कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदाताहरूलाई प्रभाव पार्ने भएको बताउनुभएको छ ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले नोभेम्बरमा हुने राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीचको दौडमा मस्को आफूलाई मनपर्ने परिणाम सुरक्षित गर्न लागिपरेको बताउनुभएको छ ।

राष्ट्रपति जो बाइडेन प्रशासनले आरटीमा रुस समर्थक प्रचार र गलत जानकारी फैलाउन भुक्तानी गरेको आरोप लगाउँदै मुद्दा चलाएको छ । यस्तै रुसको क्रेमलिनको समर्थनमा सञ्चालित मिडियाका कर्मचारीहरूलाई भिसा प्रतिबन्ध पनि लगाएको छ

प्रकाशित : 5 September, 2024

प्रतिक्रिया दिनुहोस्