बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा ३ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भदौ २१, अविरल झरी र मध्यरातमा आएको बाढीले बगाएर बागलुङमा तीन जनाको मृत्यु भएको छ ।

फाइल तस्बिर

बागलुङ नगरपालिका-५ को बान्द्रेमा बिहीबार राति साढे १२ बजे आएको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाउँदा स्थानीय २३ वर्षीय अर्जुन सापकोटा, स्थानीय २२ वर्षीय अविषेक रेग्मी र २० वर्षीय कमल सापकोटाको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार बाढीले बगाएर तीन सय मीटर तल उनीहरुको शव भेटिएको थियो । दुई जनाको शव राति नै भेटिए पनि २० वर्षीय सापकोटाको शव शुक्रबार बिहानमात्रै भेटिएको हो । स्थानीयवासी र प्रहरी टोली खोजीमा सक्रिय थिए ।

बिहीबार बेलुकी ७ बजेदेखि निरन्तर वर्षा भएकोले उद्धारमा कठिनाइ भएको पौडेलले जानकारी दिए । शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको छ ।

प्रकाशित : 6 September, 2024

प्रतिक्रिया दिनुहोस्