सेयर बजार २६९९ अंक सम्म झर्‍यो

सहयात्रा टिभी

काठमाडौं । भदौ २३, साताको पहिलो दिन आइतबार सेयर बजार २५.४६ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ ।

बजार दिनभर उतारचढावमा रह्यो । १२ : २७ बजे २७६० अंकसम्म पुगेको बजार २ : ५८ बजे २६९९ अंक सम्म झर्‍यो ।

८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । बजार घट्दा कारोबार रकम केही बढेको छ । बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो ।

समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एचआईडीसीएल प्रमोटर, ग्रीनलाइफ हाइड्रोपावर, गुडविल फाइनान्स र एनएलजी इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

 

 

प्रकाशित : 8 September, 2024

प्रतिक्रिया दिनुहोस्