बढ्यो सुनचाँदीको भाउ

सहयात्रा टिभी

काठमाडौं । भदौ २४, सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : 9 September, 2024

प्रतिक्रिया दिनुहोस्