भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजद्धारा लोकतन्त्रका लागि सङ्घर्ष जारी
सहयात्रा टिभी
काठमाडौं । भदौ २४, भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले आफ्नो देशको लोकतन्त्रका लागि सङ्घर्ष जारी राख्ने जानकारी प्राप्त भएको छ ।
गएको जुलाईको आमचुनावमा राष्ट्रपति निकोलस मदुरोका प्रतिस्पर्धी गोन्जालेजले हिजो देश छाड्नुभएको थियो । उहाँलाई स्पेनले राजनीतिक शरण दिएको छ ।
उहाँले आफ्नो सञ्चार टोलीमार्फत पठाउनुभएको अडियो सन्देशमा भेनेजुएलामा फेरि लोकतन्त्र स्थापना गरेरै छाड्ने उद्घोष गर्नुभएको बीबीसीले जनाएको छ ।
गोन्जालेजसहित विभिन्न अन्तर्राष्ट्रिय समुदायले समेत अस्वीकार गरेको २८ जुलाईको चुनाव परिणामको विषयलाई लिएर देशमा अशान्ति शुरू भएपछि उहाँले देश छाड्नुभएको हो ।
उहाँले सबै भेनेजुएलाका नागरिकको राजनीतिक अधिकारका लागि स्पेन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ ।