एएफयूमा विद्यार्थीबीचको झगडाबारे संसदमा उठ्यो प्रश्न
काठमाडौं । भदौ २४, चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा विद्यार्थीबीचको झगडाले परीक्षा स्थगित भएकोबारे प्रतिनिधि सभामा प्रश्न उठेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनबीचको झगडाका कारण परीक्षा स्थगित भएको भन्दै विपक्षी दलका सांसदहरूले सरकार र सत्तारुढ दलमाथि प्रश्न गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद ज्ञानेन्द्र शाहीले आफ्ना भातृ संगठनलाई सम्हाल्न आग्रह गरे ।
‘नेपाली कांग्रेस र नेकपा एमाले दुईवटै दललाई आग्रह हो– तपाईंहरुका भातृ संगठनलाई सम्हाल्नुस् । कि त भातृ संगठन नभन्नुस्, गुण्डाहरूको संगठन भन्नुस्’, सांसद शाहीले भने ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको छात्राबासका विद्यार्थीहरुबीच यही भदौ १३ गते कुटाकुट भएको र यो विषयमा सत्तारुढ कांग्रेससंवद्ध नेपाल विद्यार्थी संघ र एमालेसम्वद्ध अनेरास्ववियुबीच आरोप प्रत्यारोप चलेको छ ।
यही विषयलाई लिएर प्रहरीमा जाहेरी परेको छ । यसकारण भदौ १४ गतेदेखि हुने नियमित तथा मौका परीक्षा स्थगित भएको छ । भदौ २८ गतेदेखि हुने नयाँ भर्नाको लागि प्रवेश परीक्षा पनि स्थगित भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले यो वा त्यो रुपमा विद्यार्थीको जाँचमा खेलवाड गर्न नहुने बताइन् ।
‘सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु– विद्यार्थीको जीवनमा, जाँचमा यस्तो खेलवाड नगरियोस्’, उनले भनिन् ।
विश्व विद्यालयमा राजनीतिक दल हावी हुँदा यस्तो समस्या देखिएको उनको टिप्पणी छ ।
सांसद श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार हुने भनिएको दीक्षान्त समारोह स्थगित भएकोबारे पनि सरकारको ध्यानाकर्षण गरिन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह भन्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी जुम्ला पुगेको उनले बताए । विद्यार्थी मात्रै नभएर डा. सन्दुक रुइत, स्वास्थ्य सचिव लगायत जुम्ला पुगेको सांसद शाहीले बताए ।‘सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु– विद्यार्थीको जीवनमा, जाँचमा यस्तो खेलवाड नगरियोस्’, उनले भनिन् ।
प्रधानमन्त्री बिरामी भएको भए, मौसम खराबी भएको भए स्वीकार गर्न सकिने तर, यस्तो अवस्था समेत नरहेको उनले बताए ।