सेयर बजार घट्ने क्रम बुधबार पनि कायमै

सहयात्रा टिभी

काठमाडौं । भदौ २६, सेयर बजार घट्ने क्रम बुधबार पनि कायमै रह्यो । कारोबार रकम ७ अर्बमुनि खुम्चिएको छ । अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ८५ करोडमा सीमित भयो ।

विन नेपाल लघुवित्तको १०, थ्रीस्टार हाइड्रोको ९.४ तथा समाज लघुवित्तको ६.८ प्रतिशत मूल्य बढ्यो । एसियन हाइड्रोपावरको ६.८ प्रतिशत मूल्य घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४.८, मनकामना इन्जिनियरिङको ४.६ प्रतिशत मूल्य घट्यो । ६६ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ४ को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, ग्रिनलाइफ हाइड्रोपावर, समृद्धि फाइनान्स र एचआईडीसीएल प्रमोटर क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 11 September, 2024

प्रतिक्रिया दिनुहोस्