केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय कम्युनिस्ट नेता सिताराम येचुरीको निधन

सहयात्रा टिभी

काठमाडौं । भदौ २७, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको बिहीबार निधन भएको छ ।

भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय यचुरी केही समयदेखि उपचारमा थिए ।

अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो । पछिल्लो २५ दिनदेखि उनको उपचार चलिरहेको थियो ।

यचुरीकी श्रीमती, एक छोरा र एक छोरी छन् । उनका एक छोराको कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो । उनी सन् २०१५ मा भाकपा मार्क्सवादीका महासचिव चुनिएका थिए । उनी पार्टीमा ३ पटकसम्म महासचिव बनेका थिए ।

 

 

 

प्रकाशित : 12 September, 2024

प्रतिक्रिया दिनुहोस्