केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेयर बजार ७८.३२ अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ २७, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ ।

३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ८ अर्ब १६ करोडको भयो ।

अघिल्ला दिनसम्म अन्तिम समयतिर उच्च दरले घट्ने गरेको बजारमा बिहीबार भने उल्टो स्थिति देखियो । १ : ४६ बजेदेखि बजार उच्च दरले उकालो लाग्यो ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी, एसियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर तथा इमर्जीङ नेपालको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपि पावर र एचआईडीसीएल संस्थापक सेयर क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 12 September, 2024

प्रतिक्रिया दिनुहोस्