कोशीमा कांग्रेसका मन्त्रीले लिए शपथ, यस्तो बन्यो हिक्मत नेतृत्वको मन्त्रिपरिषद्

सहयात्रा टिभी

विराटनगर । भदौ २८, कोशी सरकारका नवनियुक्त कांग्रेसका ४ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । योसँगै हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

कांग्रेसले खोटाङका भूपेन्द्र राईको नेतृत्वमा १ राज्यमन्त्री र ३ जना मन्त्री पठाएको छ । राई भौतिक पूर्वाधारमन्त्री बनेका छन् । नयाँ मन्त्रीमा सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।

भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशी नियुक्त भएका छन् । आन्तरिक विवादका कारण कांग्रेसले मन्त्री छान्न नसक्दा यहाँ लामो समय यहाँ मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । योसँगै कोशीमा २ राज्यमन्त्रीसहित एमाले-कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

प्रकाशित : 13 September, 2024

प्रतिक्रिया दिनुहोस्