केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दिल्लीका मुख्यमन्त्री केजरीवालले राजीनामा दिने घोषणा

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् ।

तिहाड जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले अबको दुई दिनपछि राजीनामा दिने बताएका हुन् ।

सराब घोटाला प्रकरणमा सरकारी निकाय ईडीले पक्राउ गरेलगत्तै भारतीय जनता पार्टी (बीजेपी) ले मुख्यमन्त्री केजरीवालको राजीनामा मागेको थियो । तर सर्वोच्च अदालतले समेत अनुमति दिएपछि उनले जेलबाटै दिल्लीको सरकार चलाए ।

सर्वोच्च अदालतको आदेशमा धरौटीमा छुटेपछि भने केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

आफूमाथि चोर, भ्रष्टाचारी जस्ता आरोप लगाएको भन्दै उनले सत्ताबाट पैसा, पैसाबाट सत्ताको खेल खेल्न नआएको दाबी गरे ।

१४ वर्षपछि भगवान राम बनवासबाट फर्किदा सीताले अग्नि परीक्षा दिनुपरेको भन्दै केजरीवालले भने, ‘आज म जेलबाट आएको छु र अग्नि परीक्षा दिन तयार छु ।’

 

प्रकाशित : 15 September, 2024

प्रतिक्रिया दिनुहोस्