केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ईडब्ल्यूभीएल प्रतियोगिताको ट्रफी सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, एभरेष्ट महिला भलिबल लिग(ईडब्ल्यूभीएल) प्रतियोगिताको  ट्रफी सार्वजनिक भएको छ । ट्रफी सार्वजनिकसँगै प्रतियोगिताको काउज्ट डाउनपनि सुरु गरिएको अफिसियल टिमले जनाएको छ ।

ट्रफी ७ किलो, २२ इन्च अग्लो रहेको छ । यो ट्रफीमा भलिबल खेललाई झल्काउने गरी बनाइएको छ । यो ट्रफीलाई प्रतियोगिताको माहोल बनाउन नेपाल भ्रमण गराइने आयोजकले जनाएको छ ।

ट्रफीलाई १७ सेप्टेम्बरमा कर्णाली, २० सेप्टेम्बरमा मधेश,२३ सेप्टेम्बरमा चितवन, २५ सेप्टेम्बरमा गण्डकी, २७ मा ललितपुर र २८ सेप्टेम्बरमा काठमाडौंमा घुमाइनेछ ।

समर्थकले प्रतियोगिताको ट्रफीलाई नजिकबाट देखाउन ट्रफी टुर गराउन लागिएको आयोजकले जनाएको छ । असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशाला हुने यस प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणको महिला भलिबल फ्रेन्चाइजमा काठमाडौं, ललितपुर, चितवन, गण्डकी, कर्णाली र मधेश गरी ६ वटा टिम छन् ।

 

 

प्रकाशित : 15 September, 2024

प्रतिक्रिया दिनुहोस्