केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक वर्षमा अख्तियारमा परेका उजुरीमध्ये स्थानीय तह र संघीय मामिलाको बढी

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०\०८१ मा परेका उजुरीमध्ये स्थानीय तह र संघीय मामिला मन्त्रालयको सबैभन्दा बढी देखिएको छ ।

आयोगमा अघिल्लो आर्थिक वर्षको बाँकी उजुरी ९ हजार २६८ र यस वर्ष परेका २६ हजार ९१८ गरी कुल ३६ हजार १८६ उजुरी थिए । तीमध्ये २७ हजार ७१४ अर्थात ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फर्छ्योट भएको पनि घिमिरेले बताए ।

उनले फर्छ्यौट गरेका उजुरीमध्ये आयोगको क्षेत्राधिकारभित्र नपरेका गोलमटोल प्रकृतिका भइरहने वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाणबिनाका१३ हजार ५९३ वटा उजुरीहरु तामेलीमा राखिएको पनि जानकारी दिए ।

फर्स्योट भएकामध्ये १ हजार १३३ वटा उजुरीहरुमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, १३१ उजुरीमाथि सुझाव दिई तामेली गरिएको र १२ हजार ७८६ उजुरीमाथि कानुन बमोजिम अन्य आवश्यक कारबाही गरिएको घिमिरेले जानकारी दिए ।

सरकारी कर्मचारी ५२० जनामध्ये विशिष्ट श्रेणीका ६, सहसचिव वा सो सरह ३०, उपसचिव ८२, शाखा अधिकृत २०२ र सहायक स्तरका २०० जना रहेको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रकाशित : 15 September, 2024

प्रतिक्रिया दिनुहोस्