केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन: देउवा

सहयात्रा टिभी

काठमाडौं । असोज १, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा प्रदेश संरचना हटाउन नसकिने जिकीर गरेका छन् ।

कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश संरचना बनिसकेको छ ।

प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभाकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’

उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए । कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै उनले भने, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ । यसविरुद्ध जनमत छैन ।’

 

 

प्रकाशित : 17 September, 2024

प्रतिक्रिया दिनुहोस्