केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ग्रामीण क्षेत्रमा २ वटा हेली एम्बुलेन्स व्यवस्थाको माग गर्दै आमरण अनसन

सहयात्रा टिभी

काठमाडौं । असोज ३, तेह्रथुमका ४२ वर्षीय दीपक सिलवाल २ हप्तादेखि रत्नपार्क शान्तिवाटिकामा अनसन बसिरहेका छन् ।

उनको एउटौ माग छ, ग्रामीण क्षेत्रका सुत्केरी महिला तथा विपद्मा परेकाहरुको सहज उद्धारका लागि २ वटा हेली एम्बुलेन्स व्यवस्था गर्नुपर्‍यो ।

सिलवालले पछिल्लो समय ग्रामीण भेगका सुत्केरीहरुको उद्धार कार्यमा सहजीकरण गर्दै आएका आएका थिए ।

उनले हालसम्म आफ्नै खर्चमा १३ जना सुत्केरी उद्धार गरिसकेका छन् । आफूले धाडिङ, जाजरकोट, ओखलढुंगा, सोलुखुम्बुलगायत जिल्लाबाट सुत्केरी महिलाको उद्धार गरेको उनले सुनाए ।

सामाजिक सञ्जालले सिलवाललाई ग्रामीण भेगका सुत्केरी तथा विपद्मा परेका नागरिकको उद्धारकका रुपमा चिनाएको छ । उनका अनुसार अप्ठ्यारो परेका मानिसहरु उनकै सम्पर्कमा आइरहँन्छन् ।

तर उनी त्यसका लागि चाहिने खर्च व्यहोर्न सक्ने अवस्थामा छैनन् । हेली उद्धार निकै खर्चिलो हुने हुँदा आफूसँग भएको सबै सम्पत्ति सकिइसकेको उनी बताउँछन् ।

 

प्रकाशित : 19 September, 2024

प्रतिक्रिया दिनुहोस्