केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुदूरपश्चिम सरकारको चालु आर्थिक वर्षको बजेट बहुमतले पारित

सहयात्रा टिभी

काठमाडौं ।असोज ६ , सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१\८२ को बजेट बहुमतले पारित भएको छ ।

३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए तर आइतबार भने बजेट बहुमतले पारित भयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरे ।

 

 

प्रकाशित : 22 September, 2024

प्रतिक्रिया दिनुहोस्